सामाजिक सञ्जाल

पुजारीका हत्यारालाई कारवाहीको गर्नुको सट्टा मागगर्ने बिरुद्ध नै दमन गर्नु आपत्तिजनकः अध्यक्ष थापा

१० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शान्तिपूर्ण प्रदर्शन निषेध गर्न नमिल्ने बताएका छन् । पुर्बउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले हत्याको बिरोधगर्ने र हत्यारालाई कारवाहीको मागगर्ने बिरुद्ध नै प्रशासनिक दमनगर्न निर्देशन दिने सरकारी रवैया आपत्तिजनक भएको बताएका छन् । अध्यक्ष थापाले निर्दोष र निहत्था पुजारीको हत्यारा पत्ता लगाएर कानुन बमोजिम कारवाही गर्नुको सट्टा हत्याको बिरोधगर्नेको बिरुद्धमा सरकार लाग्नु संबिधान प्रदत्त नागरिक अधिकार विपरित भएको जिकिर गरेका छन् । अधयक्ष थापाले ट्वीट गर्दै पुजारी हत्याको बिषयमा कडा अभिब्यक्ती दिएका हुन् । यसअघि अधयक्ष थापाले पुजारी हतयाका आरोपीलाई अनुसंधान गरी कारबाही गर्न माग गरेका थिए ।
अध्यक्ष थापाको स्टाटस्ः निर्दोष र निहत्था पुजारीको हत्यारा पत्ता लगाएर कानुन बमोजिम कारवाही गर्नुको सट्टा हत्याको बिरोधगर्ने र हत्यारालाई कारवाहीको मागगर्ने बिरुद्ध नै प्रशासनिक दमनगर्न निर्देशन दिने सरकारी रवैया आपत्तिजनक र संबिधान प्रदत्त नागरिक अधिकार विपरित छ। शान्तिपूर्ण प्रदर्शन निषेध गर्न मिल्दैन ।