बाग्मती

उपत्यकामा थपियो एक साता निषेधाज्ञा

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा फेरी एकसाता निषेधाज्ञा थपिएको छ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि भदौ ३ गतेदेखि निषाधाज्ञा जारी गरिएको थियो जुन आज सकिँदै थियो ।

जोखिम काएमै रहेकाले उक्त निषेधाज्ञालाई निन्तरता दिईएको तिन प्रमुख जिल्ला धिकारीले जानकारी दिएका छन् ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख ज्लिा अधिकारीले उपत्यकाका सुरक्षा निकाय, नगरपालीकाका मेयर र जनस्वास्थ्यकार्यालयका प्रमुखसंग गरेको छलफलमा जारी निषेधाज्ञा थप्ने सहमति बनेको हो ।

साथै निषेधाज्ञाको समयमा औंषधि, खाद्यवस्तु मा अत्यावस्यकीय खदिको बाहेक बाहिर निस्कन पाईने छैन भने बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने छ ।

साथै होटल, रेस्टुरेन्ट, फुटपाथ पुर्णरुपमा बन्द हुनेछन् भने बैंक लगाएतकाले मापदण्ड पुरा गरि न्युनतम कर्मचारी राखेर सेवा दिन सक्नेछन् । यस्तै अत्यावसकीय सामाग्री ढुवानी, स्वास्थ्यर्की र सुरक्षानिकायबाहेकका सवारी साधन चल्ने छैनन् ।

सोमबार बसेको नगरपालीका फोरमको बैठकले कोरोना संक्रमण वढिररहेकोले भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो ।