समाचार

कैलालीमा मंगलबार कोरोना पुष्टि भएका पुरुषको बुधबार मृत्यु

१० भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण सुदुरपस्चममा थप एक जना पुरुषको मृत्यु भएको छ ।

कैलालिको जिल्लाको गोदावरी नगरपालीका वडा नम्बर ११ का ४५ वर्षका पुरुषको आज बिहानै मृत्यु भएको पुष्टि भएको छ ।

हिजो साँझसम्म धनगढीको निसर्ग अस्पतालमा उपचाररत व्यक्तिका संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

संक्रमण पुष्टि पस्चात अस्पतालमा उपचाररत उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् । यो संगै सुदुरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।