विचार/ब्लग

गणेशमान/कृष्ण प्रसाद/शुसील/ लक्ष्मी प्रसादजस्तो राजनीति गर्नेले धन कमाउनु हुन्न

एकराज शर्मा अधिकारी/आज एक्काईसौं शताब्दीमा आईपुग्दा पनि आर्थिक उन्नती हुन सकेको छैन हाम्रो देशमा किन ? के हाम्रो देशमा असल नेता छैनन् ? के हाम्रो देशमा प्राकृतिक संपदा छैन ? के धन तथा बैज्ञानिक अभावले आर्थिक संवृद्धि नभएकै हो? सबैले सोच्नु पर्ने अबस्था छ । आज धनी मुलुकहरु झन झन धनी हुदै छन्, तर हाम्रो देश नेपाल झन गरिव हुंदैछ ।
गरिब मुलुकहरु झन झन गरिब हुदैछन् । हाम्रो देशमा धनी प्रसस्त छन् । ज्ञानी पनि प्रसस्त छन् । प्राचिन इतिहासलाई हेर्दा धर्म कला संस्कृतिको सुरुवातदेशको गौरव बढाए । बलभद्र, अमरसिँह थापा जस्ता वीरहरुले यो देशलाइ दुस्मनहरुबाट जोगाए र साम्राज्य हाम्रै देश नेपालबाट भएको मान्यता छ । बुद्ध, जनक, सिता, भृकुटी, अरनिको जस्ता महान व्यक्तित्वले बादी ब्रिटिसलाई पस्न दिएनन् । स्वाभिमानी र राष्ट्रभक्त थिए उनीहरु । जन्मभुमिलाई स्वर्ग जस्तो प्यारो मान्थे । पृथ्विनारायण शाहले नेपालको एकीकरण गरेर पुर्ब टिष्टा देखि पश्चिम काँगडासम्म नेपालको झण्डा फहराएर नेपालको गौरव विश्वमा फैलाए । नेपालको भाषा, भेष, संस्कृति र कला विश्वमा फैलियो । नेपालको इतिहास लामो छ । स्वाभिमानी र अक्षर चिनेका नेपालीले यो कुरा बुझेकै छौं । हाम्रो देशमा प्रचुर सम्पदा र बुद्धि हुदा हुदै पनि गरिब हुनुको कारण मलाई लाग्छ, राजनैनिक अस्थिरता, शासकमा अदुरदर्शिता, ब्यक्तिगत धन सग्रह गर्ने ईच्छा र देश भक्तिको अभाव नै मुख्य हो ।
आज छिमेकी मुलुहरु धनाढ्य भए उनीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले गरिब मुलुकहरुलाई शोषण गर्दै छन् । सन्धि संझौताको वास्ता नगरेर सिमा मिच्दै छन् । हाम्रो देशमा पसेर कुनै न कुनै बाहाना बाट हत्या गर्दैछन् । आफ्नो धर्म र संस्कृति को प्रचार गर्दै छन् । गौहत्या, बलात्कार, हिंशा र अराजकता बढाईरहेका छन् । शिक्षा संकृति सभ्यतामा कुठाराघात गरिरहेका छन् । हामा्रे देशको यस्तो दुरदसा देखेरपनि हामा्रे देशका शासकहरुले मुख दर्शक भई टुलु टुलु हेरीरहेका छन् । आफ्ना देशका सोझा जनताका अगाडी ठुला ठुला भाषण गरे पनि बिदेशका अगाडी बोल्न सक्तैनन् । किनभने उनीहरुमा पदको मोह छ । देशको माया छैन । मेरो मान्छे र तेरा मान्छे भन्ने भावना छ । नेताहरु बिदेशबाट परिचालित भैसके । कुनै महत्वपूर्ण संझौता हुँदा पनि आफ्नो देशमा नभइ बिदेशी भुमिमा हुन्छ । आपसमा मिल्नुको साटो खुट्टा ताना तानको प्रबृति छ । राष्ट्रको ढुकुटी होस वा अन्य कुरा होस ब्यक्तिगत स्वार्थका लागि सबै मिलीजुली खाने प्रवृतिको बिकास भएको छ । उनीहरुको यहि कमजोरी देखेर पटक पटक हाम्रा छिमेकी राष्ट्रहरुको नाकाबन्दिको मार देशका नागरीकहरुले भोग्नु परेको छ ।
नेपालमा बिकास कत्ति पनि नभएको त हैन । संचार, यातायातमा बिकासको गति लिन खोजेता पनि आर्थिक बर्षको अन्तमा मात्र बजेटखर्च गर्ने प्रवृती हुने हुदा हतार हतारमा धेरैजसो योजना पुरा हुन नसकि अधुरा भएका छन् । आफुले बनाएको नीतिलाई आफै पालना गर्न नसक्नाले यस्तो स्थिति उत्पन्न भएको हो । एक्काईसौं शताब्दीमा आईपुग्दा पनि हामा्र अधारभुत आवस्यक्ताहरु पुराहुन सकेका छैनन् निर्बाचनमा प्रयोगहुने मतपेटिका सियो धागो समेत बिदेशबाट मगाउनु पर्ने हाम्रो बाध्यता छ।
जनताले स्वतन्त्रताको अनुभुति गर्न पाएका छैनन्। स्वतन्त्रता भनेको छाडातन्त्र होइन शोषण, अन्याय, अत्याचार र गरिबिमानसिकता जस्ताको त्यस्तै छ। राज्यको पारर्दशी निति छैन हामी स्वतन्त्रताको लागि धेरै सँघर्ष गर्यौं। खै स्तन्त्रता भएको? संसारका धेरै देशहरु स्वतन्त्र छन् । तर गरिबि उल्मुलन हुन सकेको छैन किनभने सामन्तबादि देशहरुले गरिब मुलुकलाई कब्जामा राख्न नयाँ नयाँ तरिका अपनाएका छन् । आफ्ना स्वतन्त्र नीति सञ्चालन गर्न पाउदैनन् । ती बिभिन्न नितिबाट शासित छन् । हाम्रो देश पनि त्यस्तै जालमा फसेको छ । चुनाबमा मात्रै जनप्रतिनिधीहरुले जनतालाई सम्झन्छन् ।
चुनाबभए पछि पदमा पुगेर बिर्सन्छन् । के यो साम्राज्यबादी नीति होईन ? त्यसैगरि धनि साम्राज्यबादी देशहरुले बिकासोन्मुख देशलाई आर्थीक बिकास गरिदिन्छु भनेर सहयोग गर्ने बाहानामा शोषण गर्ने नीति अपनाएका छन् । योकुरा सरकारले बुझ्नु पर्छ उनीहरुले आफ्नो देशको खेरजाने सढेगलेको सामान दिएर सहयोग पुर्याउने नाममा बिकासोन्मुख देशमा प्रबेश गरि त्यसदेशको आर्थिक स्रोतलाई आफ्नो हातमा लिएर अर्थतन्त्रलाई कब्जा गरेका छन्। विकासको नाममा सुनियोजित तरिकाबाट परावलम्बि बनाउदै गरिब अबस्थामा रहन बाध्य बनाएका छन् ।
जनता सचेत भएभने बिकास आफ्नौ हातमा लिन्छन् भन्ने कुटनीति अपनाएर बिकासोन्मुख देशका केहि टाठाबाठा ब्यक्तिलाई हातमा लिएर आफ्नो अस्तित्व कायम गरिरहेका छन् । कहिले राजतन्त्रको नाममा त कहिले सर्वहाराको नाममा देशमा आन्दोलन गराई मुठ्ठिभरका व्यक्तिबाट सोझासाझा जनतालाई धोका दिईरहेका छन् । कैयौं राष्ट्रहरु प्रजातन्त्रको मुकुन्डो ओढेका स्वार्थ र पदलोलुप ब्यक्तिहरुले तानासाहि ब्यबस्थाको स्थापना गर्न सफलभएका छन् । अझै पनि कयौं देश देशद्रोहिबाट शासित छन् ।
जनताले आफ्नो देशको बिकास गर्ने मौलिक अधिकार प्रयोग गर्ने अवसर गुमाएका छन् । राष्ट्रभक्त पछाडि परेका छन् । हिजोपनि राजभक्त अगाडि थिए । उनै प्रजातन्त्र आउँदा अगाडि भए लोकतन्त्र , गणतन्त्र, आउदा सम्मपनि उस्तै सोचाई भएका नेताहरुको हालि मुहालि छ । चाकडि, चापलुसि, अन्याय, अत्याचार, भ्रस्टाचार, बलात्कार र हिंशामा कमि आएको छैन । राज्यका मुख्यअङग कार्यपालिका, न्यायपालिका, ब्यबस्थापिका स्वतन्त्र छैनन् । देशको राजनैकि अस्थिरताले गर्दा शाम्राज्यबादी, बिस्तारबादी शक्तिलाई चलखेल गर्ने मौका मिलेको छ।
बिदेशिको आडमा सत्तामा पुगेका ब्व्यक्तिलाई पनि सत्ता टिकाई राख्न सहयोग पुग्न गयो र बिकासोन्मुख राष्ट्रको सम्पदा बिकसित राष्ट्रको अधिन हुन पुग्यो कैयौं जन्ताको बलिदानबाट प्राप्त भएको अधिकार जनताले उपभोग गर्न पाएका छैनन् । अहिलेका शासकहरुले पनि पुरानै शासकको नीति अपनाएको जस्तो देखिन्छ । गरिबी उल्मुलन र शिक्षा, स्वास्थ्य, रोजगारिका निमित्त सहयोगका लागि प्राप्त भएको रकम स्वदेशमा खर्च नगरेर बिदेशि बैंकमा जम्मा गर्ने होडबाजि छ ।
बिदेशमा सुरक्षीत हुन्छभन्ने सोचाईले आफ्नो धन आफ्नो देशको बिकाशमा लगाउन डराउछन् । आज बिदेशि राष्ट्हरुलाई हेर्नेहो भने त्यस्तै अर्का देशका धनी ब्यक्तिहरुले राखेको धनबाट ठुलाठुलाकलकारखाना उद्योगधन्दाहरु सञ्चालन गरिरहेका छन्। र अविकशित देशका गरिब जनतालाई सोषण गर्ने साधन बनाई आफ्नो देशमा उधोगधन्दा सञ्चालन गरेका छन् बिकसित राष्ट्रमा पनि शोषण गर्ने परम्परा छदै छ ।
विकसित राष्ट्रमा पनि एक अर्कालाई शोषण गर्न पछि पर्दैनन्। संयुक्त राज्य अमेरिकाले पनि यूरोप र अरु राष्ट्रबाट बढी ब्याजमा ऋण लिएर उद्दोग धन्दा स्थापना गरि त्यसैबाट आम्दानी गरेर ऋण चुक्ता गरि धनी बनेको हो। जापानले पनि ऋण ल्याएको देशमा आफ्नो सामान बिक्री गरि ऋण चुक्तागरि धनी भएको हो । विकशित राष्ट्रले शक्ति सञ्चयगरि दोस्रो बिश्वयुद्ध समेत गरेका छन् । गरिब र धनीको दुरिबढ्यो भने तेस्रो बिश्वयुद्ध पनि हुसक्छ त्सबेला गौतमबुद्धको पञ्चसिलको सिद्धान्त पनि कामलग्ने छैन । महर्षि पतञ्जलीको योगशास्त्र पनि कामलाग्ने छैन । प्रायःजसो धनी राष्ट्रहरुले प्रजातान्त्रीक र समाजबादि निती ल्याउन दीदैनन् ।
उनीहरुले गरिब देशलाई गरिबनै बनाउन चाहान्छन् । गरिब राष्ट्रको श्रम र बुद्धि आफ्नो देशमा भित्राउन कोसिस गरिरहेका छन् । बिकशित राष्ट्रलाई श्रमको खाँचो छ । त्यो श्रम नेपालीको पाखुरामा छ तर अवसर र साधनको अभाबलेगर्दा आफ्नो ज्ञान सिप र श्रम आफ्नो देशमा सदुपयोग गर्न पाएका छैनन् । आफु अमर्यादित भएर असन्तोसको वाताबरणमा बिदेशमा गयर कामगर्न बाध्य भएका छन् आजका जनप्रतिनिधीहरुले त्यसको ब्यवस्ता मिलाउन आवस्यक छ । आज श्रममात्र होईन सिप भएका ब्यक्ति हरुपनी आफ्नो बालबच्चाको हितहुने ठानेर बिदेशतिर बसोवास गर्दैछन् ।
यसलाई बुद्धि र श्रमको पैठारि भएको मान्नु पर्छ । आज धनी राष्ट्रहरुले बिभिन्न किसिमको दक्ष्य जनशक्ति तयार गर्ने नाममा तालिमदिने कामगरिहेका छन् यस्ता तालिम र शिक्षाले हाम्रो देशको आवश्यक्ता पुरा हुदैन । अप्रत्यक्ष रुपबाट सहयोग गर्ने राष्ट्रलाई फाइदा हुने खालको श्रम र शक्ति तयार हुन्छ । अहिले नेपालीहरु बिकसित राष्ट्रमा गएर डाक्टर इन्जिनियर बैज्ञाकि भएर बसोवास गरेका छन् । हामिले उनीहरुको कदरगर्न सकेका छैनौं । हरेक दिन करिब पन्ध्र सय मानिस बिदेस जाने गर्छन् ।
बिकसित राष्ट्रले उनिहरुको बुद्धि बल र पौरखबाट प्रसस्त धन उपार्जन गर्न सफल भएका छन् । नेपालबाट बिदेश गएका ब्यक्तिहरुले त्यहाँको बातावरण देखेर यहाका परिवारलाई सन्देश पठाउने गर्दछन् । त्यो सन्देशबाट प्रभाबित भएर त्यस देशको सुख सुबिधाको स्वफ्नदेखेर यहाँका धेरै युबकहरु आकर्सित भएका देखिन्छन् र यहाँको असुबिधा जनक परिस्थति संग संघर्ष गर्न तयार हुदैनन् । हामीलाई अधोगतितिर लैजाने बरु बिदेशमा गई बस्न चाहन्छन् ।नेपालीहरु कोहि गरिब छैनन् । अब गरिबि मानसिकता त्यागगर्नुपर्दछ। मागेर खान पाउँदा सम्म कसैले काम गर्न चाहादैनन् । बिदाताले बिदेशमा मात्र बैज्ञानिक र बिषेशज्ञ जन्माएका छैनन् हाम्रो देशमा पनि जन्माएका छन् । ज्ञान बिज्ञानको मुलथलो नेपाल नै हो । जनक, बुद्ध, सीता, भृकुटी, अरनिको नेपालका नै थिए, उनिहरुले नेपालको नाम बिश्वमा अमर राखे हामीले आफुले अफुलाई भुलेका छौं । हरेकका सन्तानले आफ्नो भाग्य सँस्कार भाबना लिएर आएको हुन्छ । सन्तानका लागि भनेर धन सञ्चयगर्न आवस्यक छैन । हिजोको धनी आज गरिब भएका छन् र आजका गरिब भोली धनी हुनसक्छन् । दातात्रयका २४ गुरुहरु मध्ये माहुरिलाई पनि गुरुमानेका थिए । माहुरिले महजम्मा गर्छ महकाट्नेले खाइ दिन्छन्।
त्यसैले आफुलाई खान लगाउन पुग्न सक्ने मात्र धन सञ्चय गर्नु पर्छ र अरुधन देश निर्माणमा लगाउनुपर्छ । नेताले धनकमाउन थाले देश बिग्रन्छ । ब्यापारिले धनकमाउन छाडे ब्यपार बिग्रन्छ । हाम्रो देशमा पनि त्यागी नेता थिए । गणेशमान सिंह, किृष्ण प्रसाद भट्टराई, शुसील कोईराला, लक्ष्मी प्रसाद देवकोटा जीवनभर देशको सेवामा लागिरहे धन संग्रह गरेनन् । आजभोलि राजनीति पनि धन कमाउने साधन बनेको छ ।
हामीले अधिकार मात्र खोजेर हुदैन कर्तव्य पनि पालना गर्नुपर्छ । आम्दानि अनुसार खर्च गर्नुपर्छ । हाम्रा धर्मशास्त्र हरुले कर्म नै धर्म हो भनेका छन् । उद्योगिले नै धन कमाउन सक्छ । नेपालीहरुसंग प्रसस्त धन छ । भाबनालाई परिवर्तन गरि सत्सङकल्प गरेर नेपालकै धन र श्र्रमको सदुपयोग गरेमा बिकाससिल राष्ट्रको दाँजोमा पुग्न सकिन्छ ।