सामाजिक सञ्जाल

डा भट्टराईको टिप्पणीः किसान/श्रमिक सरकारको विकास नीतिमा कतै छैनन्, तैपनि सरकार कम्निष्ठ रे!

९ भदौ, काठमाडौं । जनता समाजबादी दलका नेता डा बाबुराम भट्टराईले कोरोनाको वीचमा पनि नेपाली अर्थतन्त्र २.२८ प्रतिशतले बृद्धि हुनुमा मुख्य कारण साना किसान बाहुल्य र न्म्एको २७.६५ प्रतिशत ओगट्ने कृषि २.५९ प्रतिशतले बढ्नु र करिब त्यति नै योगदान गर्ने विदेशमा काम गर्ने श्रमिकले पठाएको विप्रेषण खाशै नघट्नुले भएको टिप्पणी गरेका छन् ।
पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेता डा भट्टराईले, ‘किसान र श्रमिक विकासनीतिमा कतै छैनन! तैपनि सरकार कम्निष्ठ रे!’ भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । राष्ट्र बैंकले सार्बजनिक गरेको रिमिट्यान्स पठाएको विवरणमा नेपालबाहिरबाट रकम पठाएको प्रतिशत यस अघिको भन्दा खासै घटेको छैन भने कोरोना कहरकाबिच पनि अर्थतन्त्र जुन हिसावले चौपट हुन्छ भन्ने थियो त्यो देखिएन । आगामी दिनको भने भन्ने सम्ने अवस्था छैन ।
डा भट्टराईके ट्वीटः कोरोनाको वीचमा पनि नेपाली अर्थतन्त्र २.२८ प्रतिशतले बृद्धि हुनुमा मुख्य कारण साना किसान बाहुल्य र न्म्एको २७.६५ प्रतिशत ओगट्ने कृषि २.५९ प्रतिशतले बढ्नु र करिब त्यति नै योगदान गर्ने विदेशमा काम गर्ने श्रमिकले पठाएको विप्रेषण खाशै नघट्नुले हो ! तर किसान र श्रमिक विकासनीतिमा कतै छैनन! तैपनि सरकार कम्निष्ठ रे!