मनोरञ्जन

मेलिना राइको उडी जाने जेट सार्वजनिक (भिडियो )

८ भदौ, काठमाडौं । गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत गायक उडी जाने जेटु सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् ।

डान्सिङ बिट यस गीतमा एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ। प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको यसअघि सानी हिट गीत मानिन्छ । कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।

गीतको भिडियोः