राजनीति

पुँजारी राम शाहका हत्याराको खोजी गरी तत्काल कडा कारबाही गर्न उपसभापति निधिको माग

७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले रौतहटमा हत्या गरिएको पुँजारीको हत्याकको बिषयमा छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन् ।
१४ औं महाधिवेशनमा सभापतिका शसक्त प्रत्यासीसमेत रहेका उनले ट्वीट गर्दै रौतहट जिल्लाक‍ो माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारी राम साहलाई राती खाना खाने बेलामा गोली हानी हत्या गरेको चार दिन भए पनि सरकारले अहिले सम्म केही गरेको छैन भन्दै तत्काल जोजी गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् । उनले भनेका छन्, ‘शीघ्र हत्याराको खोजी गरि कडा सजाय दिन सरकारसंग माग गर्दछु। मृतकको आत्माको चीर शान्तिका लागि प्रार्थना गर्दछु।’
उपसभापति निधिको ट्वीटः रौतहट जिल्लाक‍ो माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारी राम साहलाई राती खाना खाने बेलामा गोली हानी हत्या गरेको चार दिन भए पनि सरकारले अहिले सम्म केही गरेको छैन। शीघ्र हत्याराको खोजी गरि कडा सजाय दिन सरकारसंग माग गर्दछु। मृतकको आत्माको चीर शान्तिका लागि प्रार्थना गर्दछु।