मनोरञ्जन

जन्मदिनको अवसरमा दिपाश्रीले राजेश हमाललाई गालि गरेकोमा मागिन माफि

७ भदौ, काठमाडौं । आज चर्चित हास्यकलाकार दिपाश्री निरौलाको बिहिबार जन्मदिन परेको छ । पिता तुलसी प्रसाद निरौला र माता गितादेबी निरौलाको कोखबाट बि.स. २०३२ साल भाद्र ७ गते औधोगिक सहर बिराटनगरमा दीपाको जन्म भएको थियो ।

दिपा यो मितिबाट ४६ वर्षमा प्रवेश गरेकी छन् । नेपाल टेलिभिजनको चर्चित हास्यटेलिशृंखला ‘तितो सत्य’ तथा ‘धनीयाको दुनिया’ बाट दिपा दर्शक श्रोताहरु माझ लोकप्रिय छिन । चर्चित हास्य टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबको अध्यक्षको रुपमा उनलाई आसिन भएको पनि देख्न सकिन्छ ।

पछिल्लो समय महानायक विवादमा उनी नमज्जाले फसेकी पनि थिइन् । निकै ठूलो विवादमा फसेकी उनी जन्मदिनको अवसरमा बोलेकी छन् । उनले आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन । उनले उक्त विवादित अन्तरबार्ता सम्झिदै ३ गल्ती आफुले गरेको र जस्लाई स्वीकार पनि गरेको बताईन । जन्मदिनको अवसरमा उनले यस्तो प्रण पनि गरिन ।

‘तितो सत्य’ संगै थारु चलचित्र हुदै ठुलो पर्दा माझ दिपा परिचित छिन । दिपाश्री हास्यकलाकार गायिका चलचित्र निर्देशक साथै अभिनेत्री पनि हुन् । हसिलो मुहार, सरल तथा मिजासिलो स्वभाब भएका कारण पनि दीपालाई बच्चा, बयस्क तथा बुढापाकाहरु सबै उमेर समुहले रुचाउछन ।

तर, यतिका वर्ष बितिसक्दा पनि उनले विवाह भने गरेकी छैनन् । बहुप्रतिभाकी धनि तथा ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकि निर्देशक दिपाश्रीलाई उनका दर्शक तथा शुभचिन्तकहरुले सामाजिक संजाल मार्फत शुभकामना दिएका छन् ।

हेर्नुस् भिडियो ।