सामाजिक सञ्जाल

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा तिब्र गतिमा कोरोना बढ्नु चिन्ताको विषयः अध्यक्ष थापा

७ भदौ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा तिब्र गतिमा कोरोना बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमाफर्त अध्यक्ष थापाले कोरोना भाईरस कोभिड–१९ बिरुद्धको लडांइमा अग्रपङ्क्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा तिव्रगतिमा संक्रमण फैलिंदै जानु चिन्ताको बिषय भएको बताएका हुन् ।

अध्यक्ष थापाले उनीहरूको योगदानको उच्च सम्मान गर्नुका साथै स्वास्थ्य,सामाजिक र भौतिक सुरक्षामा समेत उचित र आबश्यक ध्यान दिन सरकार र आमजनतासँग आग्रह गरेका छन् । पछिल्लो समय फ्रन्टलाईनमा भएरकाम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निकै कोरोना संक्रमित बनेका छन् ।

 

उनको ट्वीटः कोभिड–१९ बिरुद्धको लडांइमा अग्रपङ्क्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा तिव्रगतिमा संक्रमण फैलिंदै जानु चिन्ताको बिषय हो । उनीहरूको योगदानको उच्च सम्मान गर्नुका साथै स्वास्थ्य, सामाजिक र भौतिक सुरक्षामा समेत उचित र आबश्यक ध्यान दिन सरकार र आमजनतासँग आग्रह गर्दछु ।