सामाजिक सञ्जाल

सभापति केसीले कृषि, स्वास्थ्य र पर्यटनमन्त्रीको गरे कडा आलोचना

७ भदौ, काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले कृषि, स्वास्थ्य तथा पर्यटनमन्त्रीको कार्यको कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त सभापती केसीले कृषिमन्त्रीले किसानलाई जाबो मल नदिएको त हो नि भन्नु, स्वास्थ्यमन्त्रीले आफुलाई नसोधी बिरामी भर्ना नगर्नू भनेर अस्पताललाई औँला ठड्याउनु र पर्यटनमन्त्रीले अलपत्र नागरिकलाई लिन गएको प्लेन रित्तो फर्काएर नागरिकलाई एयरपोर्टमा बिचल्ली पार्ने कार्य गरेको प्रति दुःख व्यक्त गर्दै कडा आलोचना गरेका हुन् ।

साथै उने अगाडी भनेका छन्ः बुझौँ, यस्तै हुन्छ कम्युनिस्ट सरकारको डेलिभरी ।

उनको ट्वीटः कृषिमन्त्री किसानलाई जाबो मल नदिएको त हो नि भन्छ, स्वास्थ्यमन्त्री मलाई नसोधी बिरामी भर्ना नगर्नू भनेर अस्पताललाई औँला ठड्याउँछ, पर्यटनमन्त्री अलपत्र नागरिकलाई लिन गएको प्लेन रित्तो फर्काएर नागरिकलाई एयरपोर्टमा बिचल्ली पार्छ । बुझौँ, यस्तै हुन्छ कम्युनिस्ट सरकारको डेलिभरी ।