विचार/ब्लग

काँग्रेसका एकमात्र हस्ती र एकल प्रतिपक्ष हुन ‘गगन’

प्रकाश तिरुवा/मुलुक अहिले कोरोना महामारीको चपेटामा छ । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार महामारीसँगको सबै खालका लडाईका मोर्चामा असफल देखिएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारकालागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको खरिदमा व्यापक अनियमितताका तमाम प्रसङ्ग बाहिरिरहेका छन् । विदेशमा अलपत्र नेपाली श्रमिकको उद्दारमा समेत कमिसनको खेलमा सरकार लिप्त भएको समाचार छताछुल्ल छ । विडम्बना प्रमुख प्रतिपक्षी दल नेपाल्ी कँँग्रेस सरकारको लाचार छायाँ जस्तो प्रतिरोधहिन देखिदा सरकारको सक्ष्म निगरानी र खबरदारी हुन सकेको छैन ।

-प्रकाश तिरुवा

पार्टीको वर्तमान नेतृत्व भागबन्डा र महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागहरूको धमाधम गठनमा लिप्त छ । जसका कारण कांग्रेस आन्तरिक रुपले केहि धर्मराएको देखिन्छ । यि तमाम कुराकाबिच कोरोना महामारीको नियन्त्रण र पार्टीको सुदृढीकरणका लागि कोहि बोल्छ भने त्यो पात्र गगन थापा हुन् । यसर्थ यो भन्न सकिन्छ कि थापा पार्टी भित्र र पार्टी बाहिर सवल प्रतिपक्षीको भुमिकामा देखिएका छन् थापा । गगन थापा समाजको आम तप्काका लागि सुनिने र प्रष्ट रुपमा देखिने प्रतिपक्ष हुन् । उनी सरकारको मात्र होइन माउ पार्टी कांग्रेसका पनि एक प्रतिपक्ष हुन् भन्दा फरक नपर्ला । थापा संसद नभए पार्टीको भुमिका अझ खुम्चिन्थ्यो । उनी जस्ता युवा वा उनको पुस्ताका युवाको उपस्थिति पार्टी केन्द्रीय समितिमा नभएको भए नेतृत्वको मनमर्जि अझै चल्थ्यो । यो आम जनमानसले महसुस गरेको विषय हो । अहिलेको विषम परिस्थितिमा सरकारलाई हरेक खालका सकारात्मक सुझाव सल्लाह दिनेमा फन्टलाइनमा देखिन्छ थापा । कोरोनाको नियन्त्रणका लागि उनी एक जना संक्रमित भए देखि हाल भयावहको अवस्था पनि तमाम जानकार र चिकित्साको परामर्शमा छन् । उनले केहि समय अगाडी सम्मानिय प्रधानमन्त्रीलाई २० वटा बुँदाको एउटा महामारी नियन्त्रणको महत्वपूर्ण खाका पेस गरेका थिए । यसबाट नि प्रष्ट हुन्छ थापा जस्ता जनप्रतिनिधि आम जनमानसका लागि जरुरि छन् । उनी सवल प्रतिपक्ष मात्र होइन सवल सहोयोगि नि सिद्ध भए यो कदमले । थापा आम जनताका आशाका केन्द हुन् अझ कांग्रेसका लागि हिरा हुन् । कांग्रेसले आगामि दिनमा उनमा भएको मास कनभ्यान्सिङग पावर प्रयोग गर्न सकेमा सवल कांग्रेस बन्न युग कुर्नुपर्ने छैन तर कांग्रेसको वर्तमान नेतृत्व त्यो स्वीकार्न तयार छैन ।
अझ थापाका सम्बन्धमा रोचक प्रसंग त यो छकि उनी कुनै नेताको लिगेसीले नभई सडकले बनाएका नेता हुन् । वि.स २०६२/००६३ को जनआन्दोलनका उत्पादन थापा त्यस अघि नै विद्यार्थी राजनीतिका एक चतुर खेलाडी हुन् । सम्भवत थापा नै होलान् २०६२/०६३ को जनआन्दोलन यता समाजका मुद्धा बोक्ने र सो मुद्धालाई जनता माझ संचार गर्न सक्ने क्षमता सायद विपि पछि गगनमा छ। उनको यो लोकिप्रयतालाई कांग्रेस इतरका राजनितीक दलले पाएको भए उनको यहि लोकप्रियतालाई आम सर्वसाधारणका बिच भजाएर पार्टीको सागलाई मजबुत बनाउथ्य होला तर बिडम्बना कांग्रेसमा त्यस्तो सँस्कृति छैन । कांग्रेस विरासतमा र वरिष्ठतामा विश्वास गर्छ । अझ कांग्रेस पद्धतिमा कम चाकरीमा बढि विश्वास गर्दछ । जुन गगनमा शुन्य प्राय छ । थापा न विरासतका उत्तराधिकारी हुन् न त उनिसँग कसैको आशिर्वाद छ ।
वर्तमान सन्दर्भमा माहामारीको नियन्त्रण, सरकार र पार्टीका गलत हर्कतका विरुद्ध कोहि बोल्छ भने त्यो पात्र हुन् गगन थापा । उनमा हरेक खालका चुनौतिको सामना गर्ने र त्यसको व्यवस्थापन गर्ने कला र सिप छ । वर्तमान राजनीतिक वृत्तमा अर्थपूर्ण सहभागिता छ थापाको । थापा हेर समय आवश्यकताको आकलन र त्यसको समाधानमा खटेका हुन्छन् । उनी स्वयं पार्टी र प्रतिपक्षका वाजडगको भुमिकामा छन् । अझ सरकारका वर्तमानमा कदमका विरुद्ध कोहि बोल्ने साहस निकाल्न सक्छ भने त्यो पात्र थापा हुन् । थापामा तमाम युवाको सपना लुकेको छ , कांग्रेसको भविष्य लुकेको छ । कांग्रेसको पुनर्जीवन सम्भव छ भन्ने कुरामा आशादित पात्र थापा हुन र उनको पुस्ता हो । सिर्जनात्मक चेतना भएका तमाम विध्यार्थीका आइडल हुन गगन थापा । गलेको प्रतिपक्ष जस्तो नाटक मञ्चनमा माउ पार्टी रुमलिदा कांग्रेस जनमा र सम्पुर्ण जनसमुदायमा सुचना संचार गर्ने अनि कांग्रेस सुत्यको छैन जागेको छ भनेर सन्देश दिने सन्देशका बाघचाल हुन् थापा । माउ पार्टी काँग्रेसमा जुगाँको लडाईले गर्दा उनले आफ्नो क्षमता प्रदर्शन गर्न पाएका छैनन् । यदि मात्र होइन उनको पुस्ता नै दमनमा छ जसले आफ्नो सिर्जनात्मक समय काटेर वस्नु परेको छ । गुट र उप–गुटका नाममा एउटा आशालाई तिलान्जली थिएको भान हुन्छ उनको पुस्तालाई । सवल र बलियो कांग्रेसका लागि वर्तमानमा नेतृत्वमा रहेको पुस्ताले अभिभावकको भुमिका निर्वाह गरेर युवाको नेतृत्वको मार्ग प्रशस्त गरेको खण्डमा गगन चरित्रको सवल परिक्षण र समृद्धिको सपना साकार गर्न सकिन्छ कि? राजनीतिक वृत्तमा अहिले एउटा विषय हरेक तप्का र तहमा वा आम जनमानसले महसुस गरेको विषय हो । जनताले सरकारबाट स्याउको दाना खोजेका हुन् तर सरकार स्याउको चित्र देखाउनमा नै मस्त छ । यस्तो सरकार हुदाँनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निरिह देखिन्छ । जहाँ बोल्नु पर्ने हो त्यहाँ बोल्छन् त केवल गगन थापा, अरु बोल्छन् कसैले सुन्दैन तर उनी बोल्छन् त सबैले सुन्छन्, गगनले सबैले सुन्नेगरी बोल्छन्, उनले सबैले सुन्नेगरी बोल्ने क्षमता राख्छन् । यसबाट भन्न सकिन्छ थापा पार्टी र सरकारका एकल प्रतिपक्ष हुन् । उनको जन्म नै यसैका लागि भएको हो । अनि यो कुरा सधैं अनुत्तरित छ,पार्टीभित्र बोलिहिन बनाउने अनि बाहिर युवाका शक्ति कसरी उठेर मद्दत गर्न सक्छन् ?