सामाजिक सञ्जाल

झण्डा जलाउनेलाई पक्राउ गरेजसरीनै पुजारी हत्या गर्नेलाई तत्काल पक्राउगरी कारबाही होस्:संयोजक मिश्र

६ भदौ, काठमाडौं। साझा पार्टीका संयोजक रवीद्र मिश्रले झण्डा जलाउनेलाई प्रहरीले पक्डिनै पर्थ्यो, तु. पक्डियो, राम्रो भयो भन्दै रौतहटमा मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको ३ दिन भएपनि कारबाही नभएकोमा आक्रोश पोखेका छन् । संयोजक मिश्रले ट्वीट गर्दै घटनाको अनुषन्धान गरि दोषीमाथि कडा कारबाही माग गरेका छन् । उनले हत्या–हिंसा/छुवाछुत/धार्मिक आस्थामाथिको प्रहार आदिलाई निरूत्साहित नगरे सभ्य समाज निर्माण हुन सक्दैन भन्ने ठोकुवासमेत गरेका छन् ।
संयोजक मिश्रले सरकारले झण्डा जलाउनेलाई पक्राउ गरी कारबाही गरेकोमा सरकारको प्रशंसा गरेका छन् भने पुँजारी हत्यामा कारबाही त कुरै छाडौं अनुसंधान र पक्राउ नै नभएको भन्दै आक्रोश पोखेका छन् । केहीदिन अगाडी एक पुजारीको हत्या भएको घटनामा संयोजक मिश्रको प्रतिकृया आएको हो ।
संयोजक मिश्रको भनाई जस्ताकोतस्तैः झण्डा जलाउनेलाई प्रहरीले पक्डिनै पर्थ्यो, तु. पक्डियो, राम्रो भयो। तर रौतहटमा मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको ३ दिन भैसक्यो। घटनाको अनुषन्धान गरि दोषीमाथि कडा कारबाही होस्। हत्या–हिंसा/छुवाछुत/धार्मिक आस्थामाथिको प्रहार आदिलाई निरूत्साहित नगरे सभ्य समाज निर्माण हुन सक्दैन।