सामाजिक सञ्जाल

धनराजको ओलीलाई व्यंग्यः‘हामी त सुंगुर भयौं’ भन्ने राम कार्कीको विचार जनताले मन पराए

६ भदौ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले नेपाल सरकारको अर्बौं लगानीमा यती एण्ड आम्नी चलचित्र प्रा.लि.द्वारा निर्मित ‘बेसार–पानी’, ‘हिमाली चिसो हावा’, ‘हाछ्युँ–साछ्युँ’ आदी कथानक चलचित्र दर्शकले खासै मन नपराएको भन्दै कडा ब्यंग्य गरेका छन् । पूर्व साासदसमेत रहेका नेता गुरुगंले स्वास्थ्य मन्त्रालयले माया गर्दै अत्याधिक महँगोमा कोरोना भाईरस महामारीको लागि आवश्यक ओषधी कोरोना परीक्षण कीट लगायतमा ठेक्का पाएको ओम्नी ग्रुपसँग जोड्दै उनले उक्त कडा ब्यंग्य गरेका हुन् ।
नेता गुरुगंले पूर्ब सञ्चारमन्त्रीसमेत रहेका नेकपाकै नेता राम कार्कीले नेकपाले गलत गरेको बताईरहेको सन्दर्भलाई जोड्दै ‘हामी त सुंगुर भयौं’ सिनेमा चल्ने भन्ने थप ब्यंग्य गरेका छन् । नेता कार्कीले नेकपाका नेताहरु दुई तिहाई मत ल्याएर पनि देश र जनताका लागि केही गर्न नसकेको संकेतसहित ‘हामी त सुंगुर भयौं’ भन्ने सार्बजनिक अभिब्यक्ती दिएका थिए । नेता कार्कीले नेकपाले बर्तमान जसरी नै पार्टी र देश हाँक्ने हो भने नेकपा समाप्त हुने ठोकुवासमेत गर्दै अँएका छन् ।
नेता गुरुगंको स्टाटस्ः नेपाल सरकारको अर्बौं लगानीमा यती एण्ड आम्नी चलचित्र प्रा.लि.द्वारा निर्मित ‘बेसार–पानी’, ‘हिमाली चिसो हावा’, ‘हाछ्युँ–साछ्युँ’ आदी कथानक चलचित्र दर्शकले खासै मन पराएनन्। अब @ram_partha को ‘हामी सुँगुर भएर निस्कियौं’ कथामा आधारित चलचित्र बन्यो भने दर्शकले मन पराउँछन् होला!