राजनीति

पुँजारी हत्याको छानबिन गरी कडा कारबाही गर्न काँग्रेस नेता गगन थापाको माग

६ भदौ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् संघीय साँसद गगन कुमार थापाले पुँजारी हत्या घटनाको छानविबन गरी कारबाही गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीटरमा ट्वीट गर्दै रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन वितिसकेको स्मरण गरेका छन् । नेता थापाले घटनाको अनुसन्धान के भइरहेको छ ? भन्ने प्रश्न गर्दै अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न सरकारसंग आग्रह गरेका छन् ।

नेता थापाको ट्वीटः रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन वितिसकेको छ।
२लभउबउियष्अिभज्त्र घटनाको अनुसन्धान के भइरहेको छ ? अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न सरकारसंग आग्रह गर्दछु।