तस्विरहरु

साईकलमा कता हिँड्न लाग्नुभो, कारबाही होला है?(उपत्यकाको निषेधाज्ञाका १५ तस्विर)

५ भदौ। काठमाडौं । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा ३ गतेदेखी १० गतेसम्म निशेधाज्ञा जारी गरेको छ । सरकारले यसअघि तीनमहिना गरेको लकडाउनभन्दा कडा देखिएको निशेधाज्ञामा अतिआवश्यकीय बैंक, संचारकर्मी लगायतले पनि सहज रुपमा आवतजावत गर्न नपाएको समाचारहरु आईरहेका छन् । लगभग सबै पसलहरु बन्द र आवतजावत गर्ने सबैलाई कडा चेकिगं गरेपछि धेरैजसो सर्बसाधारणहरु घरबाट निस्किएका छैनन् । कोरोना भाईरस संक्रमणको महामारी रोकथाम, नियन्त्रण र उपचार सहज बनाउन गरिएको निशेधाज्ञाका कारण सडकहरु सुनसान छन् । यसैबीच काठमाडौं र ललितपुरमा देखिएका सुर्यखबर प्रतिनिधिद्वारा लिईएका तस्विरहरुः