सामाजिक सञ्जाल

पुजारी हत्याका दोषीलाई पक्राउ गरी कारवाही गर्न अध्यक्ष थापाको माग

४ भदौ, काठमाडौं । रौतहटमा गोलि प्रहार गरि हत्या गरिएका पुजारीको हत्यामा संलग्नलाई कडा कारबाहि गर्न राप्रपाका अध्यक्ष कमल थापाले सरकारसंग माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले रौतहट जिल्ला, माधवनारायन नगरपालिका वडा नं २ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको घोर भत्सर्ना समेत गरेका छन् ।

उक्त घटनामा सम्लग्नमा दोषीलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न सरकारसंग माग गरेका छन् । साथै अध्यक्ष थापाले दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेका छन् ।

बुधबार साँझ रौतहटको माधवपुर नगरपालीकाका एक मन्दिरका पुजारीको हत्या भएको थियो । माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको थियो ।

उनको ट्वीटः रौतहट जिल्ला,माधवनारायन नगरपालिका वडा नं २ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको घोर भत्सर्ना गर्दछु । दोषीलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न सरकारसंग माग गर्दछु । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना समेत गर्दछु ।