पर्यटन/संस्कृति

धनराज आक्रोशितः रेमिट्यान्सले भुँडी भर्ने तर २३६ जनालाई दुवईमा अलपत्र पारी जहाज रित्तै पर्काउने?

३ भाद्र, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुगंले दुबईको एयरपोर्टमा २३६ जना नेपाली श्रमिकलाई अलपत्र पारेर नेपाल एयरलाइन्स रित्तै फर्केको समाचार के हो भन्दै आक्रोश ब्यक्त गरेका छन् । नेता गुरुगंले दुबईबाट रित्तै जहाज फर्किने तर नेपालीहरु उता अलपत्र हुने समाचार साँचो हो भने यो सरकारको अत्यन्तै आपत्तिजनक कार्य भएको टिप्पणी गरेका छन् ।
नेता गुरुगंले नेकपा नेतृत्वको केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्, ‘बैदेशिक रोजगारमा गएका नेपालीहरुको बिप्रेषणले भुँडी भर्ने तर उनीहरुको दुखमा जिम्मेवारी ननिभाउने?’    उनको स्टाटस्ः दुबईको एयरपोर्टमा २३६ जना नेपाली श्रमिकलाई अलपत्र पारेर नेपाल एयरलाइन्स रित्तै फर्केको समाचार के हो @hello_sarkar ? यदि यो समाचार साँचो हो भने यो सरकारको अत्यन्तै आपत्तिजनक कार्य हो। बैदेशिक रोजगारमा गएका नेपालीहरुको बिप्रेषणले भुँडी भर्ने तर उनीहरुको दु:खमा जिम्मेवारी ननिभाउने ?