मनोरञ्जन

नायक पल र नायिका बर्षा अभिनित दिल कमाल भो भिडियो सार्वजनिक

३ भदौ, काठमाडौं । नायक पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल कमाल भो बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर , अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।

गितको भिडियोः