साहित्य

जागिरे जीवन आज बाट फुर्सद लिईयो

           -सनत कुमार थापा  -कविता

सैतिस बर्ष बित्यो मेरो सरकारी सेवामा जागिरे जीवन !
मैले नचिनेको र मलाई नचिन्ने यो अबधिमा कमै होलान !!

मुखिया, खरिदार, नासु, शाखा अधिकृत, बरिष्ट प्रशासकीय अधिकृत हुँदै निर्देशक भएँ !
लियन पद राखि साझा भण्डारको महा प्रवन्धक पदमा जिम्वेवारी पनि पाए !!

बेथिति र बिसंगती हटाई संचालनमा ल्याए संस्थाको सुधार गरी !
बिवादमा नपरी सफलता पुर्वक पुरा गरे महत्वपुर्ण महा प्रबन्धकको जिम्वेवारी !!

मन्त्रीपरिषद्को निर्णयानुसार समायोजन भै आएँ काठमाडौं महानगर !
बिभिन बिभागमा प्रमुखको जिम्बेवारी सम्हाल्न पुगे भई जिम्वेवार !!

खुल्लामन्च बाट घोषणा गरि पुरस्कृत भए ईमान्दार कर्मचारी !
हौसला मिल्यो मलाई यस बाट झन सेवा गर्न सधै भई बफादारी !!

आईपर्यो भुकम्पको ठुलो बिपत बैषाख बाह्र दुई हजार बहत्तर !
थिए म निमित्त प्रमुख तथा कार्यकारी अधिकृतको पदमा जिम्मेवार !!

खटे उद्धार एवं बिपत ब्यवस्थापनमा जुटाई बिभिन्न श्रोत र साधन !
सबै कर्मचारी एवं सरोकार निकाय लागि परे उक्त समयमा गर्न बिपत ब्यवस्थापन !!

बढुवा र सरूवामा कहिले कसैसंग चाकरी र खुसामत गरिएन !
माथिका पदमा प्रतिस्पर्धा बाट आउदा जीवनमा कहिले दोश्रो भैएन !!

आफुले हात हालेको कुनै पनि काम र जिम्वेवारी फत्ते नगरी छाडियन !
काल्पनिक उजुर बाजुर गर्ने दुष्ट ब्यक्ति र सिण्डिकेट संग कहिले डराईएन !!

लामो मेरो जागिरे जिवनमा स्वाभिमान साथ सधै काम गरियो !
दबाबमा न कहिले परियो न त कसैको मुलाहिजा नै गरियो !!

माथिल्लो पदाधिकारीको गलत निर्देशनलाई कैयौ पटक उपेक्षा गरियो !
फलस्वरूप बेला बेला अप्ठेरो परिस्थितिको मुठ भेटमा पनि परियो !!

भ्रष्ट प्रबृति र अनैतिक काम गर्ने ब्यक्ति संग सधै जुधेर बसियो !
नैतिकवान र ईमान्दारीको बलमा खराब ब्यक्तिलाई थर्काएरै बसियो !!

संस्थाको प्रतिनिधित्व गर्दै बिभिन्न देसहरूको भ्रमण पनि गरियो !
बिभिन्न समयमा महानगरपालिकाको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालियो !!

सरकारलाई मुरी मुरी धन्यबाद गर्यो मलाई गत साल संविधान दिवसको दिनमा पुरस्कृत !
स्थानीय तहको कर्मचारी पहिलो पटक जन सेबा श्री चौथो बाट भए म बिभुषित !!

कोरोनाले गर्दा बाँकि भयो बिभुषण सुशोभनको सबै कार्यक्रम !
कोरोना रोगको नियन्त्रण पस्चात हुनेछ सुशोभनको भब्य कार्यक्रम !!

सफलता पुर्वक निर्वाह गरियो महत्वपुर्ण समय र पदको भई जिम्मेवार !
निष्कलंक एवं निडर रहि आज देखि निबृत भए पुरा गरी पदिय जिम्मेवार !!
धुम्रपान र मदिरा जस्तो स्वास्थ्यलाई हानि हुने चिज बाट सधै टाढा बसियो !
अन्ठाउन्न बर्ष पुरा गरी लामो जागिरे जीवन आज बाट फुर्सद लिईयो !!

(काठमाडौ महानगरपालिकाका सबैभन्दा सिनियर निर्देशक थापाले आजबाट आफू सरकारी सेवाबाट अवकास भएको क्षणमा लेखेको महत्वपूर्ण कविता ।)

कमचारीहरु बिदाई गर्दै अवकाशपछि थापालाई