स्वास्थ्य

४६८ जना भेटिए नयाँ कोरोना संक्रमित, निधन हुने जम्मा पुगे १०२ जना

३१ श्रावण, काठमाडौं । आज ४६८ जनामा कोरोना संक्रमण पुष्टी भएकेो छ । स्वास्थ्य मन्त्रालयका प्रवाक्ता डा जागेश्व गौतमले जनाएअनुसार उक्त पुष्टी भएको हो । जम्मा १७ हजार २०१ जना निको भएर डिस्चार्ज भएका छन् । ५ सय भन्दा बढी संक्रमित जिल्ला ५ वटा र संक्रमित सुन्य भएका जिल्ला ५ वटा भएको बताएका छन् । पर्सा, धनुषा र कपिलबस्तुमा गरी तीनजनाको निधन भएकोे पनि मन्त्रालयले पुष्टी गरेको छ । निधन हुने जम्मा पुगे १०२ जना पुगेका छन् । जसमा पुरुष ८० जना र महिला २२ जना छन् ।