पु.समाचार

उच्च अदालत र बैंकका कर्मचारी सहित वीरगञ्जमा थपिए २३ कोरोना संक्रमित

३१ साउन, काठमाडौं । उच्च अदालत र बैंकका कर्मचारी सहित वीरगञ्जमा २३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार अबेर राति नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्ट अनुसार ११ वर्षे बालकदेखी ६५ वर्षका बृद्ध गरी २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 


संक्रमित हुनेहरुमा पर्साका २० र वाराका ३ गरी वीरगञ्जमा २३ जना रहेको र उनिहरुमध्य ७ महिला र १६ जना पुरुष छन् । शुक्रबार कोरोना संक्रमित पुष्टि हुनेमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगञ्ज परिसरभित्र रहेको उच्च सरकारी वकिलको कार्यालएका एकजना खरिदार रहेका छन् ।

यस्तै वीरगञ्जको एक होटलका १ कर्मचचारी, वीरगञ्ज हेल्थकेयरका २ जना कर्मचारी, वषेधा अस्पतालका १ कर्मचारी र सोहि अस्पतालका खाजा घरका १ जना रहेका छन् । साथै स्वाबलम्ब लघुतित्त वित्तिय संस्थाका उप–प्रबन्धक १ जना रहेका छन् ।

यस्तै संक्रमित हुनेहरुमा वीरगञ्ज महानगरपालीकाका विभिन्न् वडाका १३ जना रहेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालीकाको जितपुरमा रहेको नेपाल ईन्भेष्टमेन्ट बैंकका १ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । कलैयाकी १ महिला छिन् ।