समाचार

प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन् ।

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन् ।

‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ ।