राजनीति

अब १४ औं महाधिवेशनबाट सभापतिमा युवा निर्बाचित हुने निश्चितः नेता घिमिरे

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले अबको १४ औं महाधिवेशनबाट सभापतिमा युवा निर्बाचित हुने निश्चित भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटर लेख्दै नेता घिमिरेले युवा पुस्ता अबको सभापति भएको भन्दै पात्रको टुङ्गो समय क्रममा लाग्ने दाबी गर्दै छलफल जारी रहेको बताए ।

उनले आफूलाई पद नचाहिएकाले उम्मेदवार नहुन सक्ने भन्दै पद निर्णायक पनि नभएको बताए । साथै नेता घिमिरेले तर पुस्तान्तरण समयको माग र आवश्यकता दुवै भएकाले कुनैं शक्तिले आफुहरुलाई रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

उनको स्टाटसः हाम्रो पुस्ता अबको सभापति हो । पात्रको टुङ्गो समयक्रममा लाग्ने छ, छलफल जारी छ । हामीआफू उम्मेदवार नहुन सक्छौं अर्थात् पद चाहिएको छैन । पद निर्णायक पनि होइन । तर पुस्तान्तरण समयको माग र आवश्यकता दुवै हो । कुनैं शक्तिले हामीलाई रोक्न सक्ने छैन ।