पु.समाचार

वीरगञ्जमा ७ दिनदेखी उपचाररत ६० वर्षे कोरोना संक्रमित पुरुषको मृत्यु

३१ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नारायणी अस्थाई कोरोना अस्पतालमा बिगत ७ दिनदेखी उपचाररत वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षे पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारकै क्रममा गएराति ७ बजे मृत्यु भएको नारायणी अस्थाई कोभिड अस्पताल गण्डक अस्पतालले पुष्टि गरेको छ ।

पहिलेदेखी नै उच्च रक्तचाप, मधुमेह तथा प्यारालाईसिसबाट पीडित उनि कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनमा कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक रहेको डाक्टरले बताएका छन् । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा मृत्यु भएको हो ।