राजनीति

कोरोनाले मान्छे मरेका मर्यै छन् रेल र गाडी किन्न छाड्दैनन्ः चन्द्र भन्डारी

३१ साउन, काठमाडौं । कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कोरोनाले जनता मरिरहेको बेलामा सरकार भने रेल र गाडी किन्नमै व्यस्त भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले दक्षिणा बिनाको खाम दिएर पुग्दछ भने धेरै दुःख किन गर्ने भन्दै वास्तवमा संविधान जनता झुक्याउने र विधान कार्यकर्ता झुक्याउने खाली खाम भएको बताए ।

कोरोनाले नागरिकको ज्यान गईरहेको, पहिरोले सिंगो गाउँ पुरीदै जाँदा सरकारलाई सचेत गराउन जे लेखेपनि फरक नपर्ने भन्दै सरकारले रेलवयको ठेक्का नरोकि गाडी किन्न नछाड्ने टिप्पणी गरेका हुन् ।

 

उनको ट्वीटः दक्षिणा बिनाको खाम दिएर पुग्दछ भने धेरै दुःख किन गर्ने ? वास्तवमा संविधान जनता झुक्याउने र विधान कार्यकर्ता झुक्याउने खाली खाम त‌ हुन ! कोरोनाले मानिसका लास बढदै जान्छन, पहिरोले मानिसका गाउँ पुरीदै जान्छन ! हे पत्रकार !!! जे लेख, जे भन ! रेलवयको ठेक्का रोकिदैन, गाडी किन्न छोडीदैन !!