राजनीति

पौडेलको आक्रोसः सरकार ! भेन्टिलेटर किन्ने पैसा छैन भन्न लाज/सरम हुन्न?

३१ साउन, काठमाडां । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले सरकारको भ्रष्टाचारीले सिमा नाघिसकेको दाबी गर्दै सरकार शरम हुन्छ कि हुँदैन ? भन्दै आक्रोस पाखेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले सरकार दलालहरुको सांगठनिक झुण्ड भएको भन्दै भ्रष्टाचारको पिरामिडले सगरमाथाको उचाईलाई उछिनिसक्यो टिप्पणी गरेका छन् । आवस्यकता भन्दा वढी फजुल खर्च गरेको र कुनै सिमितता नभएको उनको भनाई छ ।

नेता पौडेलले चार महिनाको लक डाउन पछि सरकारले जनतालाई उपचारको लागि भेन्टिलेटर किन्न एक पैसा छैन भनेको प्रति आक्रोस व्यक्त गर्दै उनले सरकार शरम हुन्छ कि हुँदैन ? भन्ने कडा प्रश्न गरेका हुन् ।

पछिल्लो समय नेपालमा कोरोनाको भयावहस्थिती बन्दै जाँदा राजधानिमै क्वारेन्टाईनको अभाव र अन्य स्थानमा भेन्टिलेटरको कमी हुँदा सरकार त्यस्को व्यवस्थापनमा असक्षम बन्दै गएको छ ।

उनको ट्वीटः सरकार दलालहरुको सांगठनिक झुण्ड भयो । भ्रष्टाचारको पिरामिडले सगरमाथाको उचाईलाई उछिनिसक्यो । कोभिड पछिका अनियमितताको कुनै लेखाजोखा छैन । फजुल खर्चको त झन् कुनै सिमितता छैन । चार महिनाको लक डाउन पछि सरकार भन्छ जनतालाई उपचारको लागि भेन्टिलेटर किन्न एक पैसा छैन । सरकार शरम हुन्छ कि हुँदैन ?