आर्थिक

कामना सेवा र डा.सन्चो क्लिनिकबीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता

३० साउन, काठमाडौं । कामना सेवाविकास बैंक र डा.सन्चो क्लिनिकप्रा.लि. बीचस्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामनागर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले भने, ‘अब कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धीकुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसंग परामर्श गर्न सक्नेछन्।’ बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरि सकेको छ ।