सूचना प्रविधि

फास्ट इन्टरनेट सेवा दिन डेटासेन्टर विस्तार गर्दै क्लासिकटेक

३० साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदानगर्ने योजनाकासाथ डेटासेन्टर विस्तार गरेकोछ । कम्पनीले बिराटनगरको महेन्द्र चोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो।
यस अघि काठमाडौंको बानेश्वरमामात्र सीमित रहेकोमा कम्पनीले पहिलोपटक डेटासेन्टर उपत्यकाबाहिर विस्तार गरिएको हो। अबको निकट भविष्यमै बुटवलमासमेत डेटा सेन्टर स्थापनागर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएकोछ।
इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्चगतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटासेन्टर विस्तारमा जुटेका बताइएको छ। कम्पनीकाअनुसार बिराटनगरमा स्थापनागरिएको डेटासेन्टरमार्फत पूर्वीक्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन्।
उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्सर अकामाईको क्याससर्भर राखिएकोछ।
उक्त डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदानगर्न एकसय जीबीपीए प्रति सेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएकोछ। कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेकोछ।
कम्पनीकाअनुसार बिराटनगरको डेटासेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिनेछ। ग्राहकको माग अनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएकोछ।
जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्चगतिको हुने कम्पनीको दाबी छ । उक्त डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चौबिसै घण्टा कार्यरत रहेका छन्। साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याक अपसिस्टमसमेत राखिएको छ।