समाचार

सुनको मुल्य फेरी बढ्दैः आज ८ सय वढ्यो

३० साउन, काठमाडौं । सुनको मुल्य फेरी उकालो लाग्दै गएको छ । तोलाको १ लाख ४ हजार नाघेको भाउ घटेपनि फेरी बढ्न थालेको छ ।

सुन आज तोलामा ८ सयले महंगिएको छ । नेपाल सुनचाँदि व्यवसायी महांसंघले दिएको जानकारी अनुसार आज छापावाला सुनको मुल्य ९८ हजार ६ सय कायम भएको छ ।

यस्तै तेजावि सुनको मुल्य भने ९८ हजार १ सय पुगेको छ । यस्तै चाँदिको प्रतितोला १३ सय ५५ रुपैयाँ पुगेको छ । तेजावि सुन तोलाको मुल्य आज ९७ हजार ३ सय तोकिएको छ ।