आर्थिक

सिटी एक्सप्रेस र एनआई सी लघुवित्तवित्तबिच सम्झौता

३० साउन, काठमाडौं । सिटी एक्स प्रेसमनि ट्रान्सफर र एनआई सी एशिया लघुवित्तवित्तीय संस्थाबिच सम्झौता भएको छ । जसअन्तर्गत अबसिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआई सी एशिया लघुवित्तका शाखाहरु बाट पनि हुने भएको छ ।

एनआई सी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरुमार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारहरुको भुक्तानी हुने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले हस्ताक्षर गरेका हुन् भएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदिथुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो,सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।