आर्थिक

नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

३० साउन, काठमाडौं । नेपाल रेमिट इन्टर्नेशन लप्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।

यो व्यवस्था सँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामामध्यम र ठूलोमुल्यका भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस आबद्धता सँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवाप्रवाह मा उलेख्य सुधार आउने विश्वास गरिएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरिएको NPI मार्फत हालउ पलब्ध connectIPS र NCHL-IPS को सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथावित्तिय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS  प्रणालीहरु सञ्चालनगर्दै आएको छ ।

यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट, ललितमनि ट्रान्सफर र ईजीलिंक रेमिटेन्सगरी ८भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमापिएसपी/ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु रहेका छन् ।

नेपाल रेमिट देशका मुख्य रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त यस कम्पनीले विदेशबाट नेपाल भित्रिने रेमिटेन्सहरु देशका विभिन्न भागहरुमा छिटो र छरितो तरिकाले पुर्याउने गर्दछ भने आफ्नो सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधिहरुको प्रयोग गर्न पनि सधैँ तत्पर रहेको जनाएको छ ।