पु.समाचार

मोरङको एक उद्योगमा कार्यरत ५१ जना कामदारमा देखियो कोरोना

३० साउन, मोरङ । मोरङको एक उद्योगमा कार्यरत ५१ जनामा कोरोना संक्रमण देखिएको छ । उक्त कम्पनिमा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्य अधिकांस भारतिय नागरिक भएको खुलेको छ ।

मोरङको बुढिगंगा गाउँपालीका १ मा रहेको आरति स्ट्रिप प्रालिमा बिहिबार २१ जना कामदारको कोरोना रिपोर्ट पोजेटिभ आएसंगै उक्त उद्योगमा कोरोना पुष्टि हुने कामदारको सङ्ख्या ५१ पुगेको हो ।

साथै संक्रमित मध्य दुई जना भारतिय नागरिक फरार रहेको बताईएको छ । संक्रमण पुष्टि भएका केहि कामदार कम्पनीमै क्वारेन्टाईनमा बसेका छन् भने केहि होम क्वारेन्टाईनमा समेत बसेका छन् ।

परार भएका ति दुई व्यक्ति भारत गएको हुनसक्ने बुडिगंगा गाउपालीका १ का वडाअध्यक्ष युवराज पौडेलको आसंका छ ।

बिहिबार कम्पनिका कामदारमध्य दुई सय जनाको पिसिआर जाँच गरिएको थियो । कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उक्त कम्पनिमा अधिकांस भारतिय कामदार रहेको वडा अध्यक्ष पौडेलले बताएका छन् ।