समाचार

सिन्धुपाल्चोकमा एकाबिहानै भयानक पहिरोः पाँच घरपरिवार बेपत्ताः १३ घर पुरिए

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहानै भयानक पहिरो गएको छ । उक्त पहिरोमा परेर १३ घर पुरिएका छन् भने पाँच घरपरिवार बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालीका २ लिदिको लामा टोलमा पहिरो जाँदा उक्त दुर्घटना भएको छ । आज बिहान करिब ६ बजे गएको पहिरोमा परेका अन्य १५ जना भने पहिरोबाट ज्नान बचाउन सफल भएका छन् । उनिहरु अहिले लप्सीचौर भन्ने स्थानमा बसिरहेको जानकारी प्राप्त भएको छ ।

साथै उक्त स्थानमा २५–३० घर परिवार पहिरोको उच्च जोखिममा छन् । पानी पर्न बन्द भएपनि पहिरो गईरहेकाले उद्धारमा समस्या भएको जुगल गाउँपालीकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिएका छन् ।