पु.समाचार

मध्यरातको पहिरोले कालिकोटमा वडा सदस्यको घर पुरिँदा ६ को मृत्यु

३० साउन, काठमाडौं । अविरल वर्षाका कारण कालिकोटमा गएराति गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् ।

स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए । घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए । उनका अनुसार घर भत्केको छ ।