पु.समाचार

विवाद समानधामा सकारात्मक बनेका नेकपा दुई अध्यक्षबीच आजपनि छलफल हुँदै

३० साउन, काठमाडौं । र्पाीमा जारी बिबाद समाधामा केहि सकारात्मक देखिएका नेकपाका अध्यक्ष दुई केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजपनि छलफल हुँदै छ ।

प्रधानमन्त्री ओली सरकारी निवास वालुवाटारमा हिजो चार घण्टा लामो बसेको बैठकमा दुबै अध्यक्ष सकारात्मक बनेको दाबी गर्दै बैठलाई आज पनि निरन्तर दिन लागिएको हो ।

पार्टीमा आन्तरिक विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच गत साउन २० गतेएता कुनै बैठक हुन सकेको थिएन । तर दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।

हिँजो (बिहिबार) बसेको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गत बुधवार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दावी गरेका थिए । स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा मागेपनि ओली भने आफ्नै अडानमा छन् ।