खेलकुद

मड्रिडलाई हराउँदै लाईपेजिग फुटबलको सेमिफाईनलमा

एजेन्सी । एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लाईपेजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार राति एट्लेटिकोमाथि २–१ को जित निकाल्दै लाईपेजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो ।

क्लब स्थापनाको ११ बर्षमा लाइपेजिगले यो सफलता हासिल गरेको हो । ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लबलाई अघि बढाएका थिए । एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले गोल गर्दै लाइपेजिगलाई अविश्वसनीय जित दिलाएका थिए । एट्लेटिको पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने अभियानमा रहेको थियो ।

तर जर्मन क्लबसंग पराजित हुदै स्पेनिस महारथी क्लब अन्तिम ८ बाट बाहिरिएको छ । लाइपेजिगले अब सेमिफाईनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०संग प्रतिस्पर्धा गर्नेछ ।