आर्थिक

७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारणको लागि निष्काशन खुल्ला

२९ साउन, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको निष्काशन तथा बिक्री प्रबन्धक स्वामित्वमा श्रावण १९ गते २३ गतेसम्म प्रभु बैंकको १०प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ को एक हजार अङ्कित दरको बीस लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएअनुसार सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल एक अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड ऋण पूँजी बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।
निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई सात लाख साठी हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३०८जना आवेदकहरुबाट कूल सात लाख तीस हजार तीन सय पैँसट्ठी कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्नआएको जम्मा ३ लाख ५१ ह्जार २३१ कित्ता ऋणपत्र विभिन्न कारणवश च्भवभअत भएको हुँदा रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई मात्रनिजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरेको छ । रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई कूल तीन लाख उनासी हजार एक सय चौँतिस कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको तीन लाख असी हजार आठ सय छयसट्ठी कित्ता समेत गरीकूल १५ लाख ८० हजार आठ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरेको छ ।
सर्वसाधारण समूहबाट ३७ करोड ९१ लख ३४ हजार रुपैंया र व्यक्तिगत तवरबाट एक अर्ब ५८ करोड आठ लाख ६६ हजार रुपैयाँ निष्काशन रकमका लागि आज निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरेको छ ।
प्रभु बैंक लिमिटेडका ऋणपत्रमा मागगरिएको भन्दा ३.०७ गुण बढीले आवेदन पर्न आएको व्यहोरा जानकारी गराएको छ ।