अन्तर्राष्ट्रिय

कोरोना संक्रमित भारतका पुर्व राष्ट्रपती मुखर्जी कोमामा

२९ साउन, एजेन्सी । कोरोना संक्रमित भारतका पुर्व राष्ट्रपति प्रणव प्रणव मुखर्जीलाई  कोमामा राखिएको छ ।  

गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको बताएका थिए । उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् ।

आज बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो ।

यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।