समाचार

सुनको भाउ फेरी २ हजार ४ सयले बढ्यो

२९ साउन, काठमाडौं । पछिल्लो समय उकालो लाग्दै गएको सुनको भाउ फेरी बढेको छ । बुधबार ह्वातै घटेको भाउ फेरी आज २४ सयले बढेको छ । आज सुनको भाउ २ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहिबार सुन तोलामा ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।

चाँदीको भाउ बिहिबार तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । केहि दिन अघि सुनको भाउ तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।