पु.समाचार

झण्डै एक दर्जन प्रहरी सहित ३७ जनामा कोरोना पुष्टि

२९ साउन, काठमाडौं । झण्डै एक दर्जन प्रहरी सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाको ल्याबमा गरिएको परिक्षणमा ३७ जनाको कोरोना रिपोर्ट आज बिहिबार पोजेटिभ आएको हो ।

पछिल्लो समय फ्रन्ट लाईनमा भएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएतमा कोरोना संक्रमण बढिरहेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा ९ का –७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का ४ जना, हेटौंडा २ का १ जना, १० नम्बरका १ र १३ का १ गरी उपमहानगरपालीका भित्रमात्रै १८ जनामा कोरोना देखिएको छ ।

यस्तै भिमफेदि गाउँपालीका ३, थाहा नगरपाीका २, बकैया गाउँपलीका २, चितवनन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।