प्रदेश 1

मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउने निर्णयको सचिव तामाङद्वारा कडा बिरोध

२९ साउन, धरान । नेपाली काँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले धरानमा स्थापित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्तित्व माथि नै प्रश्न चिन्ह उठ्ने गरी वीपी प्रतिष्ठानले मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउन सिनेटमा प्रस्ताव लाने निर्णयको घोर विरोध र निन्दा गरेका छन् ।

उनले घृणित र घटिया कदम नचाल्न प्रतिष्ठान व्यवस्थापनलाई सचेत गराउँदै संचालक परिषद समक्ष प्रस्ताव अस्विकृत गर्न अनुरोध गर्दछु र यस्तो विवादित र हास्यस्पद कार्य गरी नेताद्वयको नामलाई विवादमा ल्याउने र द्वन्द्व बढाउने कार्य नगर्न आग्रह गरेका छन् ।

सचिव तामाङले प्रतिष्ठान अन्तर्गतका सबै पेशागत समाज, शिक्षक, कर्मचारी र विधार्थीको समेत ध्यानाकर्षण होस् भनि अनग्रह गरेका छन् ।  एब विज्ञप्ती निकाल्दै सचिव तामाङले चाकडी, चाप्लुसी र कम्युनिष्टकरणको राजनीति गरेर महामानव वी.पी. कोइरालाको बद्नाम गर्न बिभिन्न षढ्यन्त्र भएको बताएक छन् ।