पु.समाचार

शुसीलको सम्झनामा तरुण दलले बृद्धबृद्धालाई बाँढ्यो फलफुल तथा स्वास्थ्य सामाग्री

१८ साउन, काठमाडौं । नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती नेपाल तरुण दलले मनाएको छ । उक्त अवशर तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा (फलफुल, स्वास्थ्य सामाग्री) वितरण गरेर मनाएको छ । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहयोग गरिदिनुहुने नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका नेता सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालगायतले योगदान गरेको थिए ।
कार्यक्रममा बोल्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले तरुण दल सधैं नेपाली जनताको सेवामा लाग्ने बताएका थिए । उनले नेपालीस् काँग्रेसका सभापति शुसील कोईरालाले संबिधान बनाएको सबै नेपाली जनताले स्मरण गरेको बिषन नहुने बताएका थिए । उनले युवाहरुलाई राज्यले अवशर दिनुपर्ने भन्दै हरेक आन्दोलनमा युवाहरु नै अग्रपंतीमा हुने र उनीहरुको भूमिका नै परिवर्तनका लागि मूख्य हुने हुँदा त्यसका लागि राज्यले सोच्नुपर्ने विचार ब्यक्त गरेका थिए ।