पु.समाचार

पत्रकार बानियाँको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

२८ साउन, काठमाडौं । तनहुँको भानु नगरपालिका–१३ निवासी पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बानियाँको शव आज भेटिएपछि शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गरेका हुन् ।

विगत दुई दशकदेखि राष्ट्रिय दैनिकमा आबद्ध रहेर राजनीतिक, सामाजिक र प्रशासनिक ब्यूरोमा कलम चलाउँदै आएका बानियाँको निधनको खबरले आफू स्तब्ध भएको वरिष्ठ नेता पौडेलले उल्लेख गरेका छन्।

निष्ठावान्, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगत्मा एउटा नक्षत्र गुमाएको महसुस भएको पौडेलले उल्लेख गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, “दुःखको यस घडीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”