स्वास्थ्य

नेकपाकी प्रदेश सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि

२८ साउन, काठमाडौं । नेकपाकी धनकुटा प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफुलाई ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जानकारी दिएकी छन् । उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएकी छन् ।

सांसद श्रेष्ठले एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् ।