प्रदेश 2

कोरोनाका कारण जनकपुरका पुर्व मेयर गिरीको मेडिसिटिमा मृत्यु

२८ साउन, काठमाडौं । कोरोना संक्रमणका कारण जनकपुरका पुर्व मेयरको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंको मेडिसिटि अस्पतालमा उपचाररत जनकपुरका पुर्व मेयर तथा होटल सन्ंचालक कृष्ण गिरीको मृत्यु भएको छ ।

जनकपुर धाममै रहेकोबेला स्वासप्रस्वासमा समस्या देखिएपछि हेलिकप्टर चार्टड गरी काठमाडौं ल्याई मेडिसिटिमा भर्ना भएकै समय उनमा कोरोना पुष्टि भएको थियो । तिनसाता यता मेडिसिटिमा उपचाररत ७२ वर्षका गिरीको गएराति १२ बजे मृत्यु भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

मृतक गिरी मुटुरोगी र उच्च तक्तचापका रोगि रहेको उनका छोरा डा सन्तोष गिरीले जानकारी दिएका छन् । गिरी २०४२ सालदेखी चार वर्षसम्म जनकपुरको यमेर बनेका थिए । साथै उनि होटल सञ्चालक पनि थिए ।