आर्थिक

सुनको मुल्यमा ऐतिहासिक गिरावटः तोलामा एकैदिन ६ हजार रुपैयाँ घट्यो

२८ साउन, काठमाडौं । पछिल्लो समय उकालो लाग्दै मुल्यमा ईतिहासको रेकर्ड तोडेको सुनको मुल्यमा भारी गिरावट आएको छ । एकैपटक ६ हजार रुपैयाँले घटेर सुनको मुल्य गिरावटले पनि ईतिहास तोडेको छ ।

उकालो लाग्दै गएको सुनको भाउ ६ हजार  रुपैयाँ घटेपछि आज तोलाको ९५ हजार ४ सय रुपैया पुगेको छ । नेपाली बजारमा सुनको भाउ १ लाख ४ हजार चार सय रुपैयाँ पुगेको थियो ।

साथै तेजाबी सुनको मुल्य भने ९४ हजार ९ सय रहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका महासचिब धर्मसुन्दर बज्राचार्यले जानकारी दिएका छन् ।

तोलामा एकैदिन ६ हजारको गिरावट आएको यो पहिलो पटक भएको बज्राचार्यले जानकारी दिएका छन् । साथै चाँदिको मुल्य भने आज तोलाको १२ सय १० रुपैयाँ रहेको छ ।