कुराकानी

रामचन्द्र दाईलगायतका सभापतिका आकाँक्षीसँग सल्लाह गरेर निर्णय लिन्छौंः महामन्त्री डा कोईराला (अन्तरवार्ता)

नेपाली काँग्रेसको आउँदै गरेको १४ महाधिवेशन र नेपाली काँग्रेसको पछिल्लो गतिबिधि एबम् नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अनि कोरोना महामारी लगायतका बिबिध बिषयमा नेपाली काँग्रेसका माहामन्त्री डा शसाँक कोईरालासँग सुर्यखबर प्रतिनिधिले गरेको कुराकानीको सम्पादिन अँशः

महाधिवेशन लागेको हो ?
फागुण ७ गते माहाधिवेशनको मिति तोकिएको छ, त्यसै समयमा महाधिवेशन हुन्छ, काँग्रेस नेता कार्यकर्ता सबै महाधिवेशनको तयारीमा लागेका छौं, जहाँसम्म कोरोना भाईरसको माहामारीले कस्तो असर पार्छ त्यो भने हेर्न बँँकी छ ।

तपाई सभापतिमा उम्मेद्वारी दिने निश्चित हो हैन ?
रामचन्द्र दाई लगायत ५/६ जना साथीहरु आकाँक्षी छौं, त्यसमा साथीहरुमा सल्लाह गरेर को सभापतिमा लड्ने त्यो निश्चित हुन्छ, अहिले नै म सभापति उठ्छु भनेर भन्ने अवस्था रहेन, सल्लाह गरेर समय आएपछि निर्णय गछौं । म पनि सभापतिको सशक्त प्रत्यासी भने हुँ भन्ने कुरामा दुईमत छैन ।
हिन्दूराज्य भनेर पनि कहिँकतै बोलिरहनुभएको छ, यस बिषयमा तपाईको स्पष्ट धारणा के हो ?
काँग्रेसको १३ औं महाधिवेशनमा पनि हिन्दूराज्यको बिषयमा आठ सय भन्दा बढी महाधिवेसन प्रतिनिधिले हस्ताक्षर गरेको कुरा हो, नेता खुमबहादुर खड्काजीले नेतृत्व गर्नुभएको थियो, उँहा बित्नुभो, त्यो धर्मको कुरा पनि महत्वपूर्ण छ तर म धर्मनिरपेक्ष वा धर्मसापेक्ष भन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षमा छु । धर्मको बिषयमा बिबाद हुनुहुन्न भन्ने मेरो मानयता हो ।
काँग्रेसमा भएका गुट उपगुटले पार्टीलाई कमजोर बनाएको होईन र ?
तपाईको कुरा सत्य हो, गुटउपगुट नहुनुपथ्र्यो, छन् त्यसलाई सामान्य रुपमा नै लिनुपर्छ तर १० औं महाधिवेशनपछि स्थापना भएका काँग्रेसका गुटउपगुटहरु महाधिवेशनपछि समाप्त हुनुपर्ने हो, समाप्त भएका छैनन्, त्यो दुःखद हो, अब १४ औं महाधिवेशनपछि गुटउपगुट समाप्त गर्नैपर्छ । मेरोतर्फबाट गुट उपगुट समाप्त गर्न जस्तोसुकै त्याग गर्नपनि तयार छु।
नेपाली काँग्रेसजस्तो पुरानो शक्तीसाली पार्टी प्रमुख प्रतिपक्षी दलको रुपमा छ, काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको जनताको आरोप छ नि ?
काँग्रेस नेतृत्वको कमजोरी हो, काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसक्नु सभापति शेरबहादुर देउवा ज्यूले महत्वपूर्ण भूमिका खेल्न नसकेका कारण नै हो ।
सभापति देउवाको प्रधानमन्त्रीसँगको भेटलाई लेनदेनको बिषयसँग पनि जोडेर हेर्ने गरिएको छ नि ?
मैले आरोप लगाउन मिल्दैन, सभापति जिले प्रधानमन्त्रीलाई भेटेको भेट्यै गर्नुहुन्छ, बाहिर आर्थिक लेनदेनको आरोप पनि लगाउने गरेका छन्, त्यो भेटघाट राम्रो त होईन तर आरोप लगाउन भने मिल्दैन ।
काँग्रेसमा पछिल्लो समयमा भएको कृयाशील सदस्यताको बिषयको बिबादलाई स्पष्ट पार्दिनुस् न ?
पार्टीले पहिले ५० प्रतिशत कृयाशील सदस्य थप्ने निर्णय गरेको थियो, अहिले शत् प्रतिशत कृयाशील सदस्य थप्ने निर्णय गरेको छ, जहाँसम्म बिजय गच्छदार र सुनील थापालाई पनि केही कृयाशील सदस्य दिने कुरा छ त्यसमा गम्भीर भएर बितरण नगरे पार्टीका पक्षमा निर्णय नहोला कि भन्ने कुरा छ कृयाशील सदस्य बितरण गर्दा सतर्क भएर बितरण गर्नुपर्छ भन्ने छलफल हो बिबादका रुपमा नै लिनु हुन्न यसलाई ।
गोबिन्दाराज जोशीलाई हटाएर सुनील थापालाई काँग्रेसको सहमहामन्त्री दिँदा कत्तिको कार्यकर्ताप्रति न्याय होला ?
मैले त सभापति जी र बरिष्ठ नेता रामचन्द्र दाईलाई नेता गोबिन्दराज जोशी र नेता पुष्करनाथ ओझालाई कारबाही नगरौं भनेर भनेको तर उहाँहरुले मान्नुभएन, काँग्रेसमा बुवा, हजुर्वादेखी काँग्रेसको संगठनबाट निकाल्नुराई म कुनैपनि हालतमा राम्रो मान्न सक्दिन, मान्नुपनि हुन्न । तर सुनिल थापाका ब्ुवा सुर्यबहादुर थापा पनि काँग्रेस चैं कँँग्रेस नै थिए पहिले पनि है । गोबिन्दराज जोशी पनि काँग्रेसमा धेरै योगदान गरेको नेता भएकाले कारबाही गर्नु गलत नै हो ।
नेपाली काँग्रेसमा भातृसंस्थाहरुको कन्तबिजोग छ, कस्तो देख्नुहुन्छ ?
हो, नेबिसंघ, तरुण दल, महिलासंघ लगायतका भातृसंस्थाको समयमा नै अधिवेशन हुनुपर्ने हो भएका छैनन्, अघि नै भनेको थिएँ, नेतृत्वको कमजोरीले यो सबै भईरहेको छ ।
बिपी कोईराला, शुसील कोईरालाको आदर्ष बिर्षेर काँग्रेसले भ्रष्टाचार, धनबाद, डनबादलाई प्रशय दिएको आरोप छ नि ?
बिपी कोईराला त एउटा किताब नै हुनुहुन्छ, उहाँको राष्ट्रियता, प्रजातन्त्र र समाजबाद नै काँग्रेसको मुख्य बाटो हो, शुसील कोईरालाले बिपीको मुख्य अनुयायी भएर सरल जिवन बिताउँनुभयो, यो सब हामी काँग्रेसीको लागि आदर्श हुनुपर्छ भन्ने हो मेरो लागि भने हो, उहँँहरु पदका लागि भन्दा मुलुक र जनताका लागि उदाहरणीय बन्नुभएको प्रमाण् प्रशस्त छन् । शुसील दाईले ४ वटा कम्युनिष्टले नदिएको संबिधान दिनुभयो । धनबाद र डनबाद अनि भ्रष्टाचारको बिषयमा म सधैं बिरोधी हुँ, विचारलाई महत्व दिएर हामीले देश र जनतालाई समृद्ध बनाउने हो भन्ने मलाई लाग्छ ।
तपाई पनि पार्टी सभापतिको प्रवल दाबेदार हुनुहुन्छ यहाँका मुख्य एजेण्डा के के छन् ?
काँग्रेसलाई गुटबनदीरहित बनाउने, कृषि, हाईड्रो र पर्यटनलाई बिकास गर्नेबाटोमा मुलुकमा सरकार संचालन गर्न काँग्रेसलाई सरकारने नेतृत्व गर्ने पार्टीको रुपमा नेपाली जनताको मन जित्ने भन्ने नै हो । अहिले सरकारले बोलेजस्तो रेल र पानीजहाज भन्दा नेपालमा कृषिलाई प्रथमिकता दिनुपर्छ भन्ने हो । युवाहरुलाई आवस्यक परे ल्याण्ड बैंकको स्थापना गरी आवश्यक परे युवालाई जग्गा उपलब्ध गराएर कृषिलाई बैज्ञानिकिकरण गर्ने हो । १७ लाख हेक्टर ल्याण्ड छ, जसमा ९ करोड जनतालाई बँच्न पुग्ने छ भन्ने छ । हामी आत्मानिर्भर हुनसक्ने अवस्था छ । कृषि प्रधान देश भन्ने तर खेतहरु बाँझो छ, असंख्य सम्भावना भएको नेपाललाई कषिलाई नै मुख्य मान्नुपर्छ। बिपी कोईराला सरकारका पालामा ३० प्रतिशत बजेट कृषिमा छुट्याईएको थियो अहिले ३ प्रतिशत छ त्यो गलत हो । कृषिलाई मुख्य महत्व दिनुपर्छ भन्ने नै हो । 

कम्युनिष्टलाई हेर्ने दृष्टीकोणको बारेमा बताईदिनुस् न ?
कम्युनिष्टले धर्मकोबारेमा अर्कै कुरा गर्थे, पछि होलीवाईनको कुरा ल्याए, होलीवाईन भनेको कृष्चियनको बिषयको कुरा हो , अहिले दुईतिहाई मत हुँदा पनि मुलुकलाई सकारात्मक बाटोमा हाँक्न सकेनन्, भ्रष्टाचार बढेको बढ्यै छ, सरकारले जनताका लागि भन्दा पनि पार्टी र कार्यकर्तालागि काम गरेको स्पष्ट देखिन्छ । कम्युनिष्टले देश बनाउन सक्दैन भन्ने स्पष्ट देखिन्छ ।