पु.समाचार

कोरोना संक्रमणका कारण मोरङ र काठमाडौंमा गरी दुई जनाको मृत्यु

२८ साउन, काठमाडौं । मोरङ र काठमाडौंमा गरेर दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मोरङमा ५५ वर्षका पुरुष र   काठमाडौंमा ७८ वर्षकी महिलाको कोरोनाका संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

मोरङको वुढिगंगा गाउपालीका २ गंगा चोकका ५५ वर्षका पुरुषको विपि कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ गते कोशि  अस्पतालले रिफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।

यस्तै यता मंगलबार गएराति किस्ट अस्पतालमा मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । गएराति सवा १ बजे काठमाडौं टेकुकि ७८ वर्षकी महिलाको मृत्यु भएको ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेजका चिफ अपरेटिङ अफिसर असिम पाठकले जानकारी दिएका छन् ।

गएराति मृत्यु भएकी महिलामा आज बिहानै कोरोना पुष्टि भएको हो । ज्वरो, पखाला र वान्ताको समस्या देखिएपछि उनलाई यहि साउन २६ गते पाटनले किस्टमा रिफर गरेको थियो । यसअघि आजै मात्र पाटन अस्पतालमा पनि कोरोना संक्रमणका कारण् एक महिलाको मृत्यु भएको छ ।