राजनीति

मुलुकका सबै परिवर्तनमा मुख्य भूमिका खेल्ने युवालाई जिम्मेवारी दिन जरुरीः अध्यक्ष बस्नेत

२८ साउन, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न संयन्त्रका विभिन्न निकायमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन् ।
उनले एक बिज्ञप्ती जारी गर्दै नेपालमा ०६८ सालको सरकारी रेकर्डअनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्या युवा बर्ग भएकोमा गर्व गर्नुपर्ने ठाँउ भएको बताउँदै उनीहरुलाई अवशर दिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।
अध्यक्ष बस्नेतले ठूलो संख्यामा रहेका युवालाई राज्यले सहि रुमामा सदुपयोग गर्न सक्नु पर्ने भन्दै बिगत देखी बर्तमान सम्म समाज परिवर्तन, राजनीति क्रान्ति र आर्थिक रुपान्तरणमा युवाहरुको ठूलो योगदान रहदै आएको बिर्षन नहुने बताएका छन् ।
उनले, ‘बर्तमान समयमा बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरसको कारण सबैभन्दा बढी पिडित पनि युवा बर्ग नै छ्न् । स्वदेशमै रोजगारी गुमाएका हुन् या बिदेशबाट रोजगारी गुमाएर आएका हुन् या स्वदेशमा नै विभिन्न पेशा व्यवसाय गरेर बसेकाहरु हुन् सबै भन्दा बढी मारमा युवाहरु नै छन् । त्यसैले समस्यामा रहेका सम्पुर्ण युवाहरुको समस्यालाई मध्यनजर गर्दै सरकारलाई निश्चित योजना ल्याउनका लागि जोडदार माग गर्दछौं ।’ भनेका छन् ।