समाचार

कोरोना संक्रमित जनकपुरकी २८ वर्षकी महिलाको पाटन अस्पतालमा मृत्यु

२८ साउन, काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा फेरी एक महिलाको मृत्यु भएको छ । जनकपुकी २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

यसअघि आज मात्रै बुटवलमा दुई जनामो मृत्यु भएकोमा एक जनामा कोरोना पुष्टि भएको र अर्काेको कोरोना परिक्षण गर्न बाँकी तथा सिरहामा एक जनाको मृत्यु भएको थियो ।

मुलुकमा जारी लकडाउन खोलेयता कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । दैनिक संक्रमित देखी मृतकको सङख्यामा उल्लेख्य बृद्धि भईरहेको छ ।

यहि साउन १८ गतेअस्पताल भर्ना भएकी ति महिलाको आज उपचारका क्रममा पाटनमा मृत्यु भएको ललितपुर अस्पताललले पुष्टि गरेको हो ।